बुटवल,पुस १६ ।
न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ प्रतियोगिताको उपाधि दाङको तुल्सी बो सेकेण्डरी स्कुलले जितेको छ ।,उसले नगद तीस हजार शिल्ड मेडल जितेका छ । त्यस्तै बुटवलको एभरेष्ट इबो दोश्रो भएर बीसशजार नगद जितेको छ ।भने बुद्ध पब्लीक इबो देवदह तेश्रो भएर नगद १५ हजार जितेको हो ।
बुटवल, पाल्पा र दाङको लमहीमा भएको छनोट चरणबाट ६ वटा विद्यालय फाइनल राउण्डमा प्रवेश गरेका थिए ।तीनवटा केन्द्रमा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए । सबै केन्द्रमा भएको प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ६ हजार,४५ सय र ३ हजारका दरले नगद पुरस्कार पाएका छन् । उपाधि जित्ने बिद्यार्थीलाइ पुरस्कार पदान गरिएको छ ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय, लगायतले बोल्दै पुरस्कार पदान गर्नुभएको हो ।२०४६ सालमा स्थापना भई देशकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाएको न्यु होराइजनले २०४८ सालदेखि जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता शुरु गरेको शिक्षक कपिल आचार्यले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)