Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागीमा परी एक नेपालीसहित २४ जनाको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागीमा परी एक नेपालीसहित २४ जनाको मृत्यु

  • 999
    SHARES

  • कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागीमा परी एक नेपालीसहित २४ जनाको मृत्यु

    कम्बोडिया,पुस १५ ।

    कम्बोडियाको एक क्यासिनोमा लागेको भीषण आगलागीमा परी एक नेपालीको मृत्यु भएको छ । बुधबार लागेको सो आगलागीमा झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो ।

    सीएनएनका अनुसार कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा उनीसहित २४ जनाको मृत्यु भएको छ । मृतक पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको छ । 

    क्यासिनोमा अन्य केही नेपालीहरू पनि कार्यरत रहेको बुझिएको छ । तर उनीहरूको अवस्था भने हालसम्म थाहा नभएको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology