Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाेलिदेखि ‘चौँथो बुटवल सडक खाना महोत्सव ’

भाेलिदेखि ‘चौँथो बुटवल सडक खाना महोत्सव ’

  • 1.1K
    SHARES

  • भाेलिदेखि ‘चौँथो बुटवल सडक खाना महोत्सव ’

    बुटवल,पुस १४।

    पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले रुपन्देहीमा  बुटवल सडक खाना महोत्सव–२०७९ संचालन  हुदैँछ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो पटक सडक खाना महोत्सव गर्न लागेको हो ।

    अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवको तयारी पूरा भएको छ ।

    बिहीबार आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही, बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी तयारी सकिएको बताएको हो ।महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको भनाइ छ ।

    बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा पुस १५, १६ र १७ गतेसम्म तिन सम्म महोत्सव हुनेछ । महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती राखिने पत्रकार सम्मेलनमा जानजकारी दिइएको छ ।

    चौथो खाना महोत्सवका लागि अस्थायी टेन्ट संरचनामा विद्युत्, खानेपानी, सरसफाई लगायत व्यवस्थापनमा करिव २५ लाखभन्दा वढि खर्च हुने अनुमान गरिएको र बिभिन्न प्रकृतिका १ सय वटा स्टलहरु राखिने छ ।

    साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिव १ करोड बरावरको आर्थिक कारोवार हुने र १ लाखभन्दा वढि दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको छ । खाना महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुबmबार वेलुका ५ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology