बुटवल,पुस १४।
सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन् ।
राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालद्वारा बुटवलमा भएको समुदायको नेतृत्वमा आधारित अनुगमनका सन्दर्भमा भएको छलफल तथा सेवा र फिडब्याक कार्यक्रममा बोल्ने बक्ताहरूले सेवामा सुधार गर्नुपर्ने बताए ।
कार्यक्रम बोल्दै स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गौरव ढकालले सेवाप्रवाहलाई समय सापेक्ष बनाउनुपर्ने बताए । नेपालमा जस्ले धेरै काम गर्छ उसैलाई बढि प्रश्न सोधिने गरेको उनको भनाई छ । सेवादिने उद्धेश्य नै भएकाले हातेमालो गरेर अघि बढ्ने बताए । मोडल तयार पारेर कार्ययोजना बनाउने उनको भनाइ छ ।
सो अबसरमा महासङ्घका लुम्बिनी संयोजक अर्जुन ज्ञवाली,जिल्ला फोकल पर्सन चिजा परियार,एचआईभी फोकल पर्सन हिमाल खनाल लगायतले बोलेका थिए । कार्यक्रममा बिकास साझेदार संघसंस्थाका प्रतिनिधि तथा रूपन्देहीका स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)