बुटवल,पुस १४।
रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा एम्स कलेजले बुटवलमा सचेतनामुलक र्याली निकालेको छ ।
अंग्रेजी नयाँ वर्ष (जनवरी १) अर्थात पौष १७ गते हुन गैरहेको रक्तदान कार्यक्रमलाई लक्षित गरि सचेतनामुलक र्याली निकालिएको कलेजले जनाएको छ । कलेज प्राङ्गणबाट सुरु भएको ¥याली ,होराइजनचोक,देवीनगर चापारी हुदै मिलनचोक पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, बुटवल महानगरपालिका वडा नं. ९का जनप्रतिनिधि विवेश पुरी, प्राध्यापक गोविन्द शर्मा, क्यासका अध्यक्ष लक्षिता खनाल, अल्मूनाइका उपाध्यक्ष राजिव खनाल लगायतले रक्तदान जस्तो पुण्य एवं सामाजिक कार्यमा अधिकतम सहभागिता रहनुपर्ने बताएका थिए ।त्यस्तै क्याम्पस प्रमुख दीपक ढकालले प्रथम पटक रक्तदान गर्ने यूवा विद्यार्थिहरुलार्ई हौसला प्रदान गर्नुभयो । र्यालीमा कलेज, प्लस टुतहका विद्यार्थिहरु, प्राध्यापक, कर्मचारीको सहभागिता रहेको ¥याली ३५० जनाको सहभागिता रहेको थियो । ब्लड बैंक प्रतिनिधि केशर गाहाले रक्तदानको महत्व, आवश्यक शर्तहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
१७ गते हुने रक्तदान कार्यक्रममा १५० भन्दा बढि युनिट रगत संकलन गर्ने लक्ष्य रहेको कलेज प्रमुख दिपक ढकालले जानकारी गराउनु भयो । उहाँले विगत ९ बर्षदेखि अत्याधिक रक्तदान गराउदै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा सम्मानित हुदै आएको समेत बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई शिरमा नेपाली टोपी लगाई रक्तदानमा सरिक हुन कलेजले आह्वान गरेको छ । कार्यक्रममा काउन्सिल अफ एम्स स्टुडेण्टस्, आल्मुनाई अफ एम्स स्टुडेण्टस्, एम्स स्कुल एवं नागरिक अनलाईनको सहकार्य रहेको छ ।



नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)