बुटवल,पुस १४।
रुपन्देहीमा क्रियाशील सामाजिक संस्था खेम ओमी कल्याणकारी प्रतिष्ठानको सामाजिक तथा शैक्षिक योगदानका विषयमा लेखिएको शोधपत्र एक कार्यक्रमका बिच प्रदान गरिएको छ ।
बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययनरत शोधार्र्र्थी विद्यार्थी तिलक खड्काद्वारा लेखिएको उक्त शोधपत्रमा कल्याणकारी प्रतिष्ठानको सामाजिक योगदानको विषयमा चर्चा गरिएको छ ।
शोधपत्र ग्रहण गर्दै प्रतिष्ठानका अध्यक्ष ओमीकला पुनले तिलक खड्काले खेमओमी कल्याणकारी सस्थाको विषयमा खोज गरी लेखन कार्य गरेको भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिन।
उक्त कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपाध्यक्ष डा नारायणप्रसाद पन्थले यो सस्थाले तिलोत्तमा नगरपालिकामा रहेको गुल्मेली सम्पर्क समाज रुपन्देहीको गुरुयोजना स्थलमा छोरी शिक्षा कार्यक्रम संचालन गर्नका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरेको जानकारी गराए ।
प्रतिष्ठानले झन्डै डेढ करोडको अक्षय कोष स्थापना गरी २५ जना डाक्टर , इन्जिनियर , कानुन तथा अन्य विविध विषयमा अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइ अध्ययन पुरा गर्ने अवसर उपलब्ध गराएको छ । निकट भविष्यमै स्वर्गीय खेमराज पुनको स्मृतिमा खेम स्मृति ग्रन्थ समेत प्रकाशन हुन लागेकाले विभिन्न लेख, रचना उपलब्ध गराउनका उपाध्यक्ष पन्थले आग्रह गरेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)