Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भैरहवामा २२ वर्षीया लालमतीको रहस्यमय मृत्यु, प्रहरीले किटानी जाहेरी लिएन !

भैरहवामा २२ वर्षीया लालमतीको रहस्यमय मृत्यु, प्रहरीले किटानी जाहेरी लिएन !

  • 1.3K
    SHARES

  • भैरहवामा २२ वर्षीया लालमतीको रहस्यमय मृत्यु, प्रहरीले किटानी जाहेरी लिएन !

    बुटवल,पुस १३ ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवास्थित आफ्नै कोठामा रहस्यमय मृत फेला परेकी प्यूठानकी एक यूवतीको  मृत्युको नाै दिन बितेको छ । ९ दिनसम्म पनि प्रहरीले आरोपितलाई नियन्त्रणमा भने लिएको छैन ।

    प्यूठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडा नम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या हो वा आत्महत्या यसबारे ठोस अनुसन्धान भएको छैन । तर, मृतकका परिवारले लालमतीको हत्या भएको भन्दै भैरहवाकै एक यूवाको नाममा लिखित जोहरी दिएका छन् ।

    दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर संचालन गर्दै आएकी खत्रीको अकस्मात मृत्यको खवर प्रहरीले पु¥याउँदा परिवार पिडामा छन् । बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरुसहित कान्छो दाई टेकराज केसी आठ दिनदेखि बहिनीको न्यायको खोजीमा भौतारिएका छन् । लालमती घरकी झाइली (कान्छी माथिकी) छोरी हुन् ।

    परिवारले सिद्धार्थनगर नगरपालिका वडा नम्वर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् । ‘बहिनीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ’, दाई टेकराजले प्रश्न गर्दै भने, ‘प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि प्रहरीले किन प्रक्राउ गर्दैन ?’

    जिल्ला प्रहरी कार्यालय भैरहवामा परिवारले जाहेरी दिएका छन् । आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक परिवारले प्रहरीलाई दिएका छन् ।

    छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए । एक महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएको छिमेकीसँग मृतक लालमतीले पनि भन्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको प्रतिक्रिया दिए । ‘आत्महत्या दुरुत्साहन हो भनेर संलग्न गरिएका कागजातले पुग्दैन्’, उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’

    आरोपित यूवा र मृतक यूवतीबीच गरिएका भिडियो, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगायत प्रमाणले उनीहरु प्रेम सम्वन्धमा रहेको बुझिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology