Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

  • 1.5K
    SHARES

  • बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

    बुटवल,पुस १२ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफरिस गरेको छ ।

    सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

    उनको निवासबाट ३५ तोला सुन,८ लाख ५० हजार रूपैयाँ,९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा नियन्त्रणमा रहेका केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले बताए ।

    लुम्बिनी प्रदेश प्रहरीको सिफारिसमा प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी स्रोतले बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology