Logo बुधवार, श्रावण १३ गते २०८३
images

स्थानीय तहमा सुशासनका लागि अभियान चलाउँदै मानव कल्याण मित्र मञ्च

स्थानीय तहमा सुशासनका लागि अभियान चलाउँदै मानव कल्याण मित्र मञ्च

  • 1.3K
    SHARES

  • स्थानीय तहमा सुशासनका लागि अभियान चलाउँदै मानव कल्याण मित्र मञ्च

    बुटवल,पुस ११ ।

    मानव कल्याण मित्र मञ्च नेपालले भारतमा अलपत्र परेका २ हजार भन्दा बढी नेपालीको उद्धार गरेको छ ।  मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले भारतमा हराएका वा अलपत्र परेका बालवालिका र महिला गरी २ हजार बढीको उद्वार गरिएको बताए ।

    महिला, बालवालिका तथा शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मञ्चले जिल्लामा सुशासन कायम गर्नका लागि अभियान चलाउने पनि जनाएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले भारतमा हराएका तथा अलपत्र परेका महिला र बालवालिकाको उद्वार गरी नेपाल ल्याएर आफन्तलाई बुझाउने गरेको छ ।

    यहि बर्ष एक दर्जन बढी बालवालिकाहरु भारतबाट उद्वार गरी जनप्रतिनिधि र मिडियाको रोहबरमा आफन्तलाई बुझाइएको अध्यक्ष अर्यालले जानकारी गराए ।

    त्यस्तै नेपालमा गरिबीका कारण विद्यालय जान नसकेका वालवालिका र उपचार गराउन नसकेका मानिसलाई सहयोग गर्दै आएको छ । ३० वर्षदेखि बालवालिका, महिला तथा शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मित्र मञ्च नेपालले अब नेपालमा सुशासन अभियान सञ्चालन गर्ने भएको छ ।

    मञ्चले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देहीका स्थानीय तहहरुमा सुशासन कायम गर्नका लागि अभियान चलाउने बताएको छ । मित्र मञ्च नेपालका संरक्षक पुरुषोत्तम भट्टराईले देशमा राजनीतिक परिवर्तन भएपनि सुशासन कायम हुन नसकेकाले स्थानीय तहबाट सुशासन कायम गर्नका लागि शान्तिपूर्ण रुपमा दबाब दिन अभियान चलाउने बताए ।

    अध्यक्षमा पुनः दुर्गाप्रसाद अर्याल निर्वाचित :

    मानवीय सेवामा सर्मपित मानव कल्याण मित्र मञ्चको चौथौ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनःदुर्गाप्रसाद अर्याल निर्वाचित भएका छन् ।

    मञ्चको उपाध्यक्षमा देवी अर्याल भट्टराई, देवीप्रसाद गौतम, महासचिव झविलाल अधिकारी, सचिव कविता पन्थी, सहसचिव तिर्थराज पौडेल, कोषाध्यक्ष शालिकराम गौतम, सह कोषाध्यक्ष प्रकाश भट्टराई चयन एका छन् ।

    त्यस्तै सदस्यहरुमा विवेक खरेल, सुरजप्रसाद ज्ञवाली, शेषकान्त खरेल, निर्मल बस्याल र भगवती तिवारी घिमिरे हुनुहुन्छ । त्यस्तै पार्वती केसी संयोजक रहेको महिला समिति र टेकबहादुर थापा संयोजक रहेको सल्लाहाकार समिति गठन गरिएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको मञ्चले सामाजिक क्षेत्रमा काम गर्नका लागि १ करोडको अक्ष्यकोष स्थापनाका लागि ३० लाख संकलन गरिएको अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराए ।

    मानव कल्याण मित्र मञ्च नेपालले सरकारबाट कुनैपनि आर्थिक सहयोग नलिने मञ्चका संरक्षक पुरुषोत्तम भट्टराईले बताए ।उनले सामाजिक कामका लागि सधै तयार रहेको बताए ।manab kalyad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology