Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वल्र्ड स्कुलमा २ दिने शैक्षिक महोत्सव

लुम्बिनी वल्र्ड स्कुलमा २ दिने शैक्षिक महोत्सव

  • 1.9K
    SHARES

  • लुम्बिनी वल्र्ड स्कुलमा २ दिने शैक्षिक महोत्सव

    बुटवल,पुस ९ ।

    लुम्बिनी वल्र्ड स्कूल, २ दिने शैक्षिक महोत्सव सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तर–सदनात्मक विविध प्रतियोगितामा आ–आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

    प्रतियोगितामा नेपाली, अङ्ग्रेजी, गणित र विज्ञानसँग सम्बन्धित हाजिरीजवाफ, वादविवाद,प्रश्नोत्तर, सामान्यज्ञान, वक्तृत्वकलातथा सुडोकु जस्ता शैक्षिक कार्यक्रम भएका हुन् ।

    प्रतियोगिताहरु अङ्ग्रेजी र नेपाली माध्यममा संचालन गरिएको थियो ।प्रतियोगिता उत्कृष्ट विद्यार्थी र सदनलाई मेडल र प्रमाणपत्र वितरण गरिने विद्यालयका सहप्राचार्य रमेशमणि सुवेदीले बताए ।

    शैक्षिक महोत्सवको संयोजन सुवेदीले नै गरेका थिए ।विद्यालयका प्राचार्य  विष्णु प्रसाद ढकाल,शैक्षिक निर्देशक डा. मिन प्रसाद खनाल, सह–प्राचार्य लजिताशर्माले विद्यालयको यस्ता किसिमका कार्यक्रमहरुबाट विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा टेवापुग्ने बताए ।

    lum.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology