Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज बुटवलमा नेपथ्यको लाईभ कन्सर्ट,६ हजार टिकट बिक्री !

आज बुटवलमा नेपथ्यको लाईभ कन्सर्ट,६ हजार टिकट बिक्री !

  • 3.2K
    SHARES

  • आज बुटवलमा नेपथ्यको लाईभ कन्सर्ट,६ हजार टिकट बिक्री !

    बुटवल,पुस ९ ।

    नेपथ्य ब्याण्डले आज बुटवलमा लाईभ कन्सर्ट गर्दैछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा कन्सर्ट हुने भएको हो । ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो ।

    टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए । मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताए ।

    खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले बताईन् ।

    ‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

    आज अपरान्ह ४ बजेबाट ८ बजेसम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।amrit gurung.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology