Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा माबि बुटवल-६ को ५९ औं बार्षिकोत्सव सम्पन्न

तिलोत्तमा माबि बुटवल-६ को ५९ औं बार्षिकोत्सव सम्पन्न

  • 1.2K
    SHARES

  • तिलोत्तमा माबि बुटवल-६ को ५९ औं बार्षिकोत्सव सम्पन्न

    बुटवल,पुस ७ ।

    तिलोत्तमा माध्यमिक बिद्यालय बुटवल  ६ को ५९ औं  बार्षिकोत्सव सम्पन्न भएको छ ।

    बिद्यालयका अध्यक्ष ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको बार्षिकोत्सवमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले तिलोत्तमा इतिहास बोकेको सामुदायिक विद्यालयको भएको बताउँदै यसको संरक्षण र विकास गरी शैक्षिक गुणस्तर विकास गर्नुपर्ने बताए ।

    उनले विद्यालयको विकासको लागि पालिकाबाट सहयोग हुने बताए ।सो अबसरमा बिद्यार्थीहरुलाइ छात्रबृत्ती,बिभिन्न बिधाका पुरस्कार,अभिभावक ,शिक्षक,दानदाता सबैलाइ सम्मान गरिएको थियो ।

    सो अबसरमा शिक्षा शाखा प्रमुख मित्रमणि खनाल,वडाध्यक्ष लोकनाथ न्यौपाने,बालकुमारी भण्डारी,प्रअ इश्वरीप्रसाद पन्थी,केशब पन्थी लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology