बुटवल,पुस ६।
गुल्मी सिर्सेनी समाज रूपन्देहीले प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।
प्रथम साधारण सभाको अवसरमा विभिन्न सामाजिक सेवाका कार्यक्रमको तालिका प्रकासन गरेको समाजले रक्त सन्चार सेवा केन्द्र बुतवल मार्फत ६८ युनिट रगत प्रदान गरेको हो ।
रक्तसन्चार सेवा केन्द्रका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्य र समाजका अध्यक्ष भीष्म राज अर्यालको अध्यक्षतामा भएको कार्यक्रम महेन्द्र अर्यालले सञ्चालन गरेका थिए भने उपाध्यक्ष तथा पत्रकार ऋषि भट्टराईले समाजको कार्यदिशा बारे प्रकाश पार्दै उपस्थिति लाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन आदर्श भट्टराईले गरेका थिए । त्यस्तै समाजले आगामी १५ पुसमा मातृभुमी गुल्मीको मदाने ३ सिर्सेनिमा निःशूल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ भने २३ पुसमा समाजले साधरणसभा गर्ने भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)