महेन्द्र थापा/बुटबल,पुस ६ ।
नेपाल घर वहाल सरोकार संघ रुपन्देहीले बुटबल नगरक्षेत्रमा प्रचलित घर वहाल दरमा २५ प्रतिशतले घटाउन माग गरेको छ।
संघका अध्यक्ष राजु लिगलले बुधबार प्रेस बिज्ञप्ती प्रकाशितगरि यस्तो माग गर्नु भएको हो।“अनियन्त्रीत घर भाडालाई ब्यबस्थीतगर्न वर्तमानबहाल दरबाट २५ प्रतिशतले घटाई धरासयी बन्दै गैरहेको ब्यबसायहरु पुनर्जीवित गर्न घर धनीहरुमा आग्रहगर्दछौं” लिगलद्वारा जारी बिज्ञप्तीमा भनिएको छ।
घरभाडा तथा सटर भाडा अत्यधिक वृद्धि भएका कारण रुपन्देहीकाबिभिन्नशहर बजार खासगरी बुटबल नगर क्षेत्रकाब्यापार ब्यबसायहरु बिस्थापीत र पलायनहुदै गैरहेको भन्दै संघले चिन्ता प्रकट गरेको छ। संघले स्थलगतअध्ययनगर्दा अमरपथदेखीमिलनचोक र कालिकानगर क्षेत्रभित्र सयांैको संख्यामा सटर भाडामा उपलब्ध छ भनि लेखीएकाबोर्ड टाँसीएको पाईएको बिज्ञप्तीमा उल्लेख छ।
कोरोना प्रकोपको पछि संकटमा परेका ब्यापारीवारे स्थानियनिकाय असंबेदनशील रहेको भन्दै संघले दुखब्यक्त गरेको छ। अर्काे तर्फ बैंक तथाबित्तिय संस्थाहरुले ब्याज दर अत्यधिक बृद्धि गरेकोमाब्यापारी बर्गलाई राहत योजनानभएको कारणले ब्यवसाय संकटमा परेको भन्दै संघले यस तर्फ संबेदनशीलबन्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।
बुटबलनगर क्षेत्रका ब्यापार ब्यबसायहरु सुनशान,बिस्थापित र पलायनहँुदै गैरहेकोमा चिन्ता प्रकट गर्दै संघले सटरभाडा अत्यधिक बृद्धि भएको कारणले सटर छाड्ने र पसल बन्द गर्ने क्रम बढेको जनाएको छ।
सम्पूर्ण घरधनी,प्रबुद्ध वर्ग,नागरिक समाज,उपभोक्ताहित संरक्षण मञ्च र सरोकारवाला सबैलाई समयमै यस बिषयमा संबेदनशीलबन्न संघले आग्रहपनि गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)