Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले ल्होसार मनाउँने

रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले ल्होसार मनाउँने

  • 1.0K
    SHARES

  • रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले ल्होसार मनाउँने

    बुटवल,पुस ५ ।

    रुपन्देहीका गुरुङ समुदायले आफ्नो मुख्य पर्व ल्होसार साताव्यापी कार्यक्रमसहित मनाउने भएका छन् । हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने प्रचलन रहेको छ ।

    रुपन्देहीमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदले पुस ११ देखि १५ गतेसम्म विभिन्न रचनात्मक र सामाजिक काम गरेर ल्होसार मनाउन लागेको हो ।पौष ११ गते रुपन्देहीका ६ वटा नगर तथा ३१ वटा इकाईमा सरसफाई, १२ गते रक्तदान, १३ गते बुटवलको देविनगरमा अपाङ्ग आश्रममा दान, १४ गते बुटवलमै वृहत झांकीसहित नृत्य प्रतियोगिता र १५ गते बृहत समारोह गरी ल्होसार मनाउने कार्यक्रम तय भएको गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला तमुले जानकारी दिइन् ।

    सप्ताहव्यापी कार्यक्रम बारे जानकारी गराउन मँगलब बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले पौष १५ देखि गुरुङहरुको नयाँ वर्ष २६०६ शुरु हुने भन्दै यो वर्ष बाघ वर्गको विदाई गरी बिरालो वर्गको स्वागत गरिने जानकारी गराइन् । ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्व भएको र यसले समुदायलाई एकतावद्ध बनाउने उनको भनाई छ ।

    गुरुङ अगुवाहरु झमबहादुर गुरुङ, बालनरसिंह गुरुङ, ओमप्रकाश गुरुङले नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भएपनि व्यवहारमा आदिवासी जनजाति र गैर हिन्दु समुदायका चाड पर्वलाई सरकारले समान व्यवहार गर्न चुकेको गुनासो गरे ।

    रुपन्देहीमा करिब ५० हजार र देशभर ८ लाख गुरुङ समुदाय रहेको अनुमान छ । ती समयुदायहरुको पर्वलाई राज्यले प्राथमिकतामा नराखेको उनीहरुको गुनासो छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology