Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण कार्यक्रम

तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण कार्यक्रम

  • 1.9K
    SHARES

  • तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा अभिभावक अभिमुखिकरण कार्यक्रम

    बुटवल,पुस ५ ।

    तिनाउ ईङ्लिस बोर्डिङ स्कुल बुटवल ११ ले अभिभावक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    शैक्षिक सुधार र शिक्षक बिद्यार्थी तथा अभिभावकका बिचमा सुमधुर सम्बन्ध स्थापना गर्ने र बिद्यार्थीहरुलाइ समय सापेक्ष अगाडी बढाउन अभिभावकले खेल्नुपर्ने भूमिकाका बिषयमा सहजीकरण गरिएको छ ।

    बोर्डिङ स्कुलका संस्थापक प्राचार्य तथा अध्यक्ष  यज्ञमूर्ति पाण्डेयको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा  अभिभावक र कक्षा ९ र १०का बिद्यार्थी सहभागि  थिए । अभिमुखिकरण कार्यक्रम  करिब ३ घण्टा भएको हो ।

    सो अबसरमा बोल्दै  शिक्षा बिकास तथा समन्वय ईकाइ रूपन्देहीका प्रमुख दिपेन्द्र ढकालले  बिद्यार्थीहरुमा लगानी  र परिवारको निगरानी हुनुपर्ने बताउनुभयो ।tinau school (2).jpg

    उहाँले समाज रुपान्तरणका लागि बिद्यार्थीको भूमिकाका बारेमा समेत चर्चा गर्नुभयो । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष  लोकनाथ ज्ञवाली,प्राचार्य  सीता पाण्डे ,स्वास्थ्य कार्यालय मनमोहन ज्ञवाली,पत्रकार तथा अभिभमावक कपिल ज्ञवाली लगायतले बोल्दै बिद्यार्थीहरु समयसापेक्ष चल्नुपर्ने बताउनुभएको थियो ।

    उहाँहरुले  बिद्यार्थीमालगानी ,निगरानी र उनीहरुको रुचि अनुसारको शिक्षा र कृयाकलाप गराउन आग्रह गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology