Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुणस्तरीय शिक्षामा नेपालका निजी विद्यालयहरुको भूमिका अब्बल : बीरबहादुर राना

गुणस्तरीय शिक्षामा नेपालका निजी विद्यालयहरुको भूमिका अब्बल : बीरबहादुर राना

  • 1.5K
    SHARES

  • गुणस्तरीय शिक्षामा नेपालका निजी विद्यालयहरुको भूमिका अब्बल : बीरबहादुर राना

    बुटवल,पुस ४ ।

    लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बीरबहादुर रानाले विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा कसरी दिन सकिन्छ भन्ने कुरा निजी विद्यालयबाट सरकारले सिक्नुपर्ने बताएका छन् ।

    रुपन्देहीको तिलोत्तमा–७ स्थित नमस्ते एकेडेमीमा एकदिने क्रियटिभ फेस्टिभल उद्घाटन गर्दै मन्त्री रानाले नमस्ते एकेडेमीले विद्यार्थीकेन्द्रीत र व्यवहारिक तथा जिवनउपयोगी शिक्षालाई प्राथमिकता दिएकोमा सराहना गर्दै अब परम्परागत ढर्राको पढाईले बदलिंदो युगमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले परम्परागत ढर्राबाट माथि उठ्नुपर्ने बताए ।

    सन्तानको शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने भन्दै मन्त्री रानाले गुणस्तरीय शिक्षामा नेपालका निजी विद्यालयहरुको भूमिका अब्बल रहेको बताए ।

    एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विद्यालय प्रांगणमा भएको फेस्टिभलमा विद्यार्थीहरुले थरिथरिका प्रतिभा प्रदर्शन गरेका छन् । ‘विद्यालय नै विद्यार्थीको पहिलो घर’ अवधारणलाई आत्मसात गरी ५ वर्षदेखि सञ्चालित नमस्ते एकेडेमीमा विद्यार्थीमा अन्तरनिहित सिर्जनशील प्रतिभाहरु प्रष्फुटनका लागि क्रियटिभ फेस्टिभल  आयोजना गरिएको हो ।

    नमस्ते एकेडेमी केही वर्षयता अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त द ब्रिटिस कलेजसंगको सहकार्यमा सञ्चालित हुदै आएको छ । विद्यालयमा कार्यरत ब्रिटिस शिक्षक मार्टिन स्कार्बकको प्रत्यक्ष संयोजनमा सञ्चालित फेस्टिभलको

    ब्रिटिस एजुकेसन ग्रुपका निर्देशक महेन्द्र कंडेल,नमस्ते एकेडेमीका निर्देशक डिल्लिनारायण पाण्डेय,प्राचार्य जिग्मे शेर्पाले एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उनीहरुकै रुचि र क्षमता अनुसार सहभागी गराउंदै आएको बताए । कक्षा १२ की छात्रा दिपिका न्यौपानेले यो कार्यक्रम विद्यार्थीको नेतृत्वमा भएको बताइन् ।

    कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका चार सय बढी विद्यार्थीले गायन, नृत्य, नाटक , आर्ट, क्राफ्ट ,पेन्टिङ्, कम्प्युटर गेम, खेलकुद प्रतियोगिता, फुड मेलाको प्रदर्शनी गरेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुंवरले जानकारी दिए ।

    विद्यार्थीको सिर्जनात्मक क्षमता उजागर गर्न विद्यार्थीकै अग्रसरतामा यस्तो फेस्टिभल पहिलोपटक आयोजना भएको र यसले विद्यार्थीलाई थप सिर्जनशील र खुशी बनाएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले बताए । विद्यार्थीको थरिथरिका प्रतिभा र क्षमता देखेर आफूहरु निकै खुशी भएको बुटवलका एक अभिभावक कृष्ण रिमालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology