Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

९५ जनालाई उछिन्दै ‘कालिका गायन तारा’को उपाधि विवेकले जिते

९५ जनालाई उछिन्दै ‘कालिका गायन तारा’को उपाधि विवेकले जिते

  • 1.2K
    SHARES

  • ९५ जनालाई उछिन्दै ‘कालिका गायन तारा’को उपाधि विवेकले जिते

    महेन्द्र थापा / बुटवल,पुस ४ ।

    बुटबलस्थित कालिका मानवज्ञान माबिद्धारा सञ्चालित ‘कालिका गायन तारा’ दोश्रो संस्करणको उपाधि विवेक पंगेनीले जितेका छन।

    गत तिन दिनदेखि सञ्चालित उक्त प्रतियोगिताको आज सम्पन्न फाईनल राउन्डमा पंगेनीले ९५ जना प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि हात पारेका हुन।

    पंगेनीलाई मन्दिरा गलामी स्मृति अक्षय कोषका संरक्षक गिरी प्रसाद गलामीकी धर्मपत्नी  माया गलामीले पुरस्कार स्वरुप नगद रु १५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    त्यस्तै प्रतियोगितामा दोश्रो हुने प्रबृत्ति बस्याललाई नगद रु १० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियो । तेश्रो हुने पवन अधिकारीलाई नगद रु ५ हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरियोे । उक्त प्रतियोगितामा कालिका मानबज्ञान माध्यमिक बिद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने कुल ९५ जना बिद्यार्थी सहभागी भएको प्रतियोगिताका संयोजक शिक्षक विवेकराज पोखरेलले बताउनुभयो।

    प्रतियोगितामा निर्णायकको भूमिका कलाकार दिपक श्रेष्ठ,बिनोद गुरुङ र किशोर बिकले  निर्वाह गर्नु भएको थियो। बिभिन्न राउन्डबाट उपाधि बिजेता छनोट गर्ने काम भएको हो। कालिकामा अध्ययनरत बिद्यार्थीहरुको  सांस्कृतिक कला विकास गराउने उद्धेश्यले मन्दिरा गलामी स्मृति अक्षयकोषको स्थापना गराईएको थियो ।कोषमा रु ५लाख नगद जम्मा गरिएको छ।

    प्रतियोगीता समापन कार्यक्रमको सभापतित्व बिद्यालयका प्रधानाध्यापक दिनेश थापाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक विवेकराज पोखरेलले गर्नुभएको थियो। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

    बिद्यालयमा ६२आंै वार्षिकोत्सव मनाउने क्रममा यही पुस १ गतेदेखि बिबिध कार्यक्रम सञ्चालन गरिएका छन। ७ गते मूल समारोह आयोजना गरिने छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology