Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

 किड्स अफ काठमाडौंको ‘भोलिको शिक्षा’ सम्मेलन सकियो

 किड्स अफ काठमाडौंको ‘भोलिको शिक्षा’ सम्मेलन सकियो

  • 1.1K
    SHARES

  •  किड्स अफ काठमाडौंको ‘भोलिको शिक्षा’ सम्मेलन सकियो

    काठमाडौं,पुस ४ ।

    ‘भोलिको शिक्षा’ विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

    ई–एजुकेशन र जाइकासँगको सहकार्यमा किड्स अफ काठमाडौंले आयोजना गरेको सम्मेलनमा किड्स अफ काठमाडौंले आफनो संस्थागत प्रगति विवरण सार्वजनिक गरेको थियो । संस्थाले देशका विभिन्न सामुदायिक विद्यालयमा डिजिटल कलास रुम परियोजना मार्फत हार्डव्यर र सफ्टव्यरमा सहयोग गर्दै आएको छ ।

    किड्स अफ काठमाडौका प्रोजेक्ट डाइरेक्टर बाबुराम गोलेले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै कार्यक्रमको प्रगति र सहभागीबाट आएका जिज्ञासका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा ई–एजुकेशनका प्रमुख कार्यकारी निर्देशक काइटो मिवाले संस्थाले गर्दै आएका गतिविधिको बारेमा जानकारी दिएका थिए ।

    कार्यक्रममा ‘महामारीले सिकाएको पाठ’ विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याल, काठमाडौं महानगरपालिकाका सल्लाहाकार रेसु अर्याल र डिल्लीराम पौडेलले आफ्ना भनाई राखेका थिए । प्यानल छलफलको सहजिकरण प्रिया सिग्देलले गरेकी थिइन् ।

    कार्यक्रमको अन्तिम सेसनमा कार्यक्रममा सहभागी सरोकारवालाबाट सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा सन्दर्भका विचार राखिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology