बुटवल,पुस ३ ।
साैगात सायरको तिम्रो याद नामक आधुनिक गीत सार्वजनिक भएको छ ।गायक तथा संगितकार सायरको स्वर तथा एरेञ्ज रहेको आधुनिक गित बजारमा ल्याईएको हो ।
सो आधुनिक गितको लुम्बिनी प्रदेशका सांसद भोज प्रसाद श्रेष्ठले बुटवलमा लोकापर्ण गरे । सो गित आर.पि बादल युटुव च्यानलबाट बजारमा आएको हो ।उक्त गीतमा संगित तथा निर्माता आर.पि बादल,गितकार पम्फा बन्जाडे,छायाँकन तथा निर्देशक विष्णु भट्टराईको रहेको छ भने दृश्य निर्माण अविरल फिल्मसले गरेको हो ।
सांसद श्रेष्ठले गित संगितको क्षेत्रमा समेत मोफसल अघि रहेको बताए ।राष्ट्रियस्तरमा हुने गायन तथा नृत्य प्रतियोगितामा रुपन्देहीबाट प्रतिनिधीत्व हुदै विश्वभर पुराउन सफल हुदै आएको बताउदै सासद श्रेष्ठले नेपाली गीतसंगितको विकास र संरक्षणमा सवैको चासो आवश्यक रहेको कुरा औँल्याए ।
कार्यक्रममा वरिष्ठ संगितकार सुरेश सेञ्चुरीले गित सोचे भन्दा धेरै राम्रो बनेको बताए । समय अनुसार नयाँ पुस्ताको मनछुने सिर्जना निकाल्न सेञ्चुरीले आग्रह गरे । हिट हुने नाममा कलाकारले समाजमा विकृति ल्याउने खालका गित ल्याउन नहुने बताए ।
सो गितमा एरेञ्ज तथा स्वर राखेका चर्चित आधुनिक गायक सौगात सायरले दर्शक तथा स्रोताहरुको चाहाना अनुसार गित तय भएको बताएका छन् । सायरले मेला महोत्सवका कारण पछिल्लो समय गितहरुको विकृति आइरहेको भन्दै ब्यावसायीक कलाकारहरुबाट निकालिएका गितहरु ओझेलमा परेको भन्दै दुख ब्यक्त गरे । राज्यले कलाकारलाई पहिचान दिने परिचयपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गितकार तथा निर्देशक ऋषिराम न्यौपानेले गित संगित भित्र सन्देश र प्रेरणा भयो भने त्यस्ता सृर्जना जिवन्त हुने बताए । कार्यक्रममा गायक सौगात सायरको माता विष्णुदेवी सुनार,साहित्यकार रुद्र ज्ञवाली,निर्देशक मनिष पन्थ,मोडल दिनेश पाण्डे लगायतले बाेलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)