बुटवल,पुस ३ ।
मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीमा हुने भएको छ । परिषद् बैठक सुस्ता पश्चिम शाखाको आतिथ्यतामा पुस २९–३० गते भूमहीमा हुने छ ।
२ सय ५० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहने २५ औँ राष्ट्रिय परिषद् बैठकका दौरान आगामी दुई वर्षका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।
बैठकमा आधा दर्जन प्रस्तावहरुसहित वार्षिक गतिविधि प्रतिवेदन लगायतका दस्तावेजहरु प्रस्तुत हुनेछ भने बैठक आयोजनाका लागि समाजको नवलपरासी पश्चिम शाखाका निवर्तमान सभापति सन्तोष अधिकारी क्षेत्रीको संयोजकत्वमा मूल तयारी समितिसहित १३ वटा उपसमितिहरु गठन भएको छ ।
शाखा सभापति गणेश न्यौपानेको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले मूल तयारी समितिरउपसमितिहरु गठन गर्नुका साथै राष्ट्रिय परिषदको सेरोफेरोमा वृक्षारोपण, शान्ति र्याली, सफाई, लागू औषधरमदिरा दुव्र्यसन विरुद्ध शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम लगायत एक दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय परिषद् शान्ति समाजको सर्वोच्च नीति निर्णायक निकाय हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)