बुटवल,पुस ३ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको अध्यक्षमा विजय सापकोटा निर्विरोध चयन भएका छन् ।
बुटवलमा सम्पन्न जिल्ला कार्यसमिति रुपन्देहीको १४ औ बार्षिक साधरण सभा तथा आठौं जिल्ला अधिबेशनबाट आगामी ३ वर्षका लागि सापकोटा अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट प्रतिष्ठानको प्रथम उपाध्यक्षमा रितु थापा, द्वितिय उपाध्यक्षमा रेशम खनाल, महिला उपाध्यक्षमा रेनु राना मगर, कोषाध्यक्षमा आरती रुचाल, सह–कोषाध्यक्षमा राम प्रसाद पाण्डे, सचिवमा बिधान कार्की, सह–सचिवमा दिपक दर्लामी मगर चयन भएका छन् भने प्रवक्तामा श्रीकृष्ण अर्याल र साँस्कृतिक सयोजकमा बिष्णु श्रिपाली रहेका छन् ।
यस्तै सदस्यहरुमा खेम शिरिष बि. सि., भुवन बराल, लोकेन्द्र सापकोटा, श्रीधर अधिकारी, हेम बहादुर सिञ्जाली मगर, सागर खड्का, समिक्षा बि. सि., बिष्णु सिञ्जाली मगर, बिकाश भट्टराइ, लालमाया थापा मगर, मन्जु भट्टराइ, कल्पना कुसुम, कोपिला न्यौपाने, सम्झना रणपाल रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)