Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फिफा विश्वकप फुटबलमा मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

फिफा विश्वकप फुटबलमा मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

  • 1.3K
    SHARES

  • फिफा विश्वकप फुटबलमा मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो तेस्रो

    काठमाडौं, पुस ३ ।

    क्रोएसिया कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलले हरायो ।

    प्रतिस्पर्धात्मक खेलमा तीनवटै गोल पहिलो हाफमा भएको थियो । क्रोएसियाको जितमा जोस्को गर्भाडिओल र मिस्लाभ ओर्सिचले गोल गर्नुभयो । मोरोक्कोका अच्राफ दारीको गोल सान्त्वना बनेको थियो ।

    रोमाञ्चक खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिएको थियो । सातौं मिनेटमा गर्भाडिओलले हेड गोल गर्दै क्रोएसियाको उत्साह जगाउनुभयो । उहाँले इभान पेरिसिचको पासमा उत्कृष्ट डाइभ हेड गर्नुभएको थियो ।

    त्यसको दुई मिनेट लगत्यै मोरोक्कोले बराबरी गोल फर्कायो । दारीले फ्रिकिकमा प्राप्त बललाई सोझै जाली चुमाउनुभएको थियो । त्यसपछि ४२औं मिनेटमा ओर्सिचको डिबक्स छेउको प्रहार पोलमा लाग्दै गोल भएको थियो ।

    मोरोक्कोका गोलरक्षक यासिन बोनोको हात लागेपनि ओर्सिचको शसक्त प्रहारले पोलमा लाग्दै जाली चुमेको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा क्रोएसिया विजयी भयो ।

    साविक उपविजेता क्रोएसियाले तेस्रो स्थानमा रहँदै विश्वकपको सुखद अन्त्य गरेको छ । अफ्रिकी देश मोरोक्कोले पहिलो पटक चौथो बन्दै सिंगो अफ्रिका महादेशकै नयाँ इतिहास रचेको छ । विश्वकपको फाइनल खेलमा आइतबार राति साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology