बुटवल,पुस २ ।
बुटवल लेडी जेसीज बर्ष-२०२३ को अध्यक्षमा कमला लम्साल निर्विरोध निर्वाचित भएकी छन् । बुटवलमा शनिबार भएको बुटवल लेडी जेसिज २०२२ को बार्षिक साधारण सभा तथा २६ औं शाखा अधिवेशनबाट लम्सालको नेतृत्वमा नयाँ समिति सर्वसहमत चयन भएको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा जमुना शर्मा र बसन्ता घिमिरे,उपाध्यक्षमा संगिता मरासिनी, सपना गैरे ज्ञवाली,बिनुदेबी रिजाल,मेरिना बर्मा, सहसचिवमा अपूर्वा खनाल र सहकोषाध्यक्षमा कविता श्रेष्ठ सर्वसहमत निर्वाचित भएको निर्वाचन आयुक्त रूपा पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिइन् ।
मनोनित कानुनी सल्लाहकारमा संगीता ढकाल,महासचिवमा रुपा श्रेष्ठ पाठक,कोषाध्यक्षमा सोनम पाठक छन् ।
उद्घाटन सत्र अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको थियो सो अवसरमा बोल्दै श्रेष्ठले आफ्नो कार्यकालमा धेरै योजनामा काम भएपनि केहि समयअभावका कारणले बाँकी रहेको भन्दै नयाँ समितिले पुराना योजनाहरुलाई निरन्तरता दिने अपेक्षा गरिन् उनले आफ्नो एकबर्षे कार्यकालमा सहयोग पुर्याउने सबैलाई कृतज्ञता ब्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै बुटवल लेडी जेसिज २०२२ का निरूपित उपाध्यक्ष सन्दिप अग्रहरी,बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निर्वाचन आयुक्त रूपा पाण्डे,पूर्व अध्यक्ष राधिका पोखरेल,केन्द्रीय उपाध्यक्ष मन्जु पोखरेल,बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसाल, ,कंचन जेसिजका अध्यक्ष राजन पौडेल लगायतले समाज रुपान्तरण र युवा शशक्तिकरणमा जेसिजको भूमिका अहम् रहने बताए ।
उद्घाटन सत्रको कार्यक्रम महासचिव संगिता ढकालले गरेकी थिइन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)