Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको सालझण्डीमा नेपाल र भारतका सेनाको संयुक्त अभ्यास

रुपन्देहीको सालझण्डीमा नेपाल र भारतका सेनाको संयुक्त अभ्यास

  • 1.8K
    SHARES

  • रुपन्देहीको सालझण्डीमा नेपाल र भारतका सेनाको संयुक्त अभ्यास

    बुटवल, पुस २ ।

    नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुरु भएको छ । ‘सूर्यकिरण’ नाम दिएको सो सैनिक अभ्यास शुक्रबारबाट रुपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल विद्यालयमा सुरु भएको नेपाली सेनाले जनाएको छ । 

    ‘सूर्यकिरण’को १६औँ संस्करणका रूपमा सुरु भएको उक्त सैनिक अभ्यासको मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति यामप्रसाद ढकालले शुभारम्भ गर्नुभयो । यसअघि १५औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।nepal army  (4).JPG

    नेपाली सेनाका अनुसार विपत् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सो संयुक्त अभ्यास सुरु गरिएको हो ।nepal army  (2).JPG

    यस संयुक्त अभ्यासमा फौजहरूले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपत् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्नेछन् ।

    नेपाली सेनाबाट ३३४ जना र भारतीय सेनाबाट ३३४ जना सहभागी रहेको उक्त संयुक्त अभ्यास पुस १४ गते सम्पन्न हुनेछ । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास अहिलेसम्म दुवै देशमा गरी १५ पटक सम्पन्न भइसकेको छ ।nepal army  (3).JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology