Logo बिहिवार, आश्विन १ गते २०८३
images

भाेलि बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने

भाेलि बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने

  • 2.0K
    SHARES

  • भाेलि बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने

    बुटवल,पुस १ ।

    बुटवलदेखि नुवाकोट डाँडासम्म पदयात्रा हुने भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी  प्रदेशले भोलि बुटवलको फूलबारीस्थित नुवाकोट प्रबेश द्वारदेखि ऐतिहासिक स्थल नुवाकोटसम्म पदयात्रा आयोजना गरेको हो । बिहान ६:३० बजे पदयात्रा शुभारम्भ हुने जनाइएको छ ।

    ‘पर्यटनको लागि हामी, हाम्रो स्वास्थ र पदयात्रा’ भन्ने उद्धेश्यका पदयात्रा गरिने नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले नागरिक अनलाइनलाई बताउनुभयो । पछिल्ला वर्षमा विदेशी मात्र नभई नेपाली युवामा पनि पदयात्राप्रति आकर्षण बढेको कार्यक्रम संयोजक गणेश भट्टराइले बताउनुभयो । 

    नुवाकोटमा अहिले  केबलकार , होटेल तथा रिसोर्टहरु धमाधम निर्माण  भैरहेका छन् । बुटवलदेखि करिब ३ किलोमिटरको दुरिमा रहेको यो मार्गबाट पदयात्रा गर्दै २ घन्टामा नुवाकोट सहजै पुग्न सकिन्छ ।

    कार्यक्रममा सहभागिता जनाउन नाट्टा लुम्बिनीले सबैलाई अनुराेध गरेको छ । साे कार्यक्रममा ३ सय जनाको सहभागिता रहने जनाइएको छ । hiking.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology