बुटवल,मंसिर २८ ।
बुटवल ११ नहरपुरस्थित नहरपुर माविले ५३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथ्यता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।
साे कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल , शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगर शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनाल , रुपन्देहीस्थित विभिन्न सामुदायिक विद्यालयका प्राचार्यहरुको उपस्थित रहेको थियो।उक्त अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो। सो कार्यक्रममा अक्षयकोष दाताहरुलाइ सम्मान गरिएको थियो।
विद्यालयका सहप्राचार्य युवराज पन्थीले स्वागत गर्नुभएको कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले बार्षिक एवम आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेले नहरपुर माविले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरा उल्लेख गर्नुभएको थियो।
उक्त कार्यक्रममा विद्यालयमा सन्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक बलराम न्यौपानेले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)