Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मी मुसिकोटमा सहकारीद्वारा रेडियो छत्रभूमी संचालन

गुल्मी मुसिकोटमा सहकारीद्वारा रेडियो छत्रभूमी संचालन

  • 1.3K
    SHARES

  • गुल्मी मुसिकोटमा सहकारीद्वारा रेडियो छत्रभूमी संचालन

    कौरव खत्री/गुल्मी,मंसिर २८ ।

    गुल्मीको अमरावति कृषि सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो छत्रभूमी मुसिकोट नगरपालिका १ पौदीअमराईमा उद्घाटन गरिएको छ ।

    रेडियोको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेल जीवनले रेडियोहरु सुचनाका विश्वसनीय श्रोत भएकाले सिर्जनात्मक भई जनभावना अनुसार सेवामुखी रुपमा निष्पक्ष भएर कार्यक्रम प्रशारण गर्न आग्रह गर्नुभयो ।

    त्यस्तै नगरप्रमुख खरेलले रेडियोलाई आवश्यक सहयोग गर्न मुसिकोट नगरपालिका सदैव तत्पर रहने भन्दै रेडियोको सञ्चालन र निरन्तरताको शुभकामना दिनुभयो ।

    साथै उहाँले सञ्चार माध्यमले समाजको सबै वर्ग, क्षेत्र समुदाय र सम्प्रदायलाई समेटेर अगाडी बढ्नुपर्ने चुनौती रहेको भन्दै पौँदेली कला संस्कृति, सभ्यतालाई जोगाउँदै  रेडियोले यसको संरक्षणमा थप बल पुग्ने बताउनु भयो ।

    त्यस्तै मुसिकोट नगरपालिकाकी नगर उपप्रमुख गंगा श्रेष्ठले आफ्नै गाँउ ठाँउमा रेडियोको स्थापना हुँदा आफुलाई निकै खुसी लागेको यसमा सबैको सहयोग र सद्भावले रेडियो सफल हुने बताउनुभयो ।

    कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे,नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,समाजसेवी हरिनारायण सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेल, सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेल,जनज्योति माध्यमिक विद्यालयका शिक्षक मोहनलाल पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोको प्रगतिको कामना गर्नुभएको थियो  ।

    मुसिकोट नगरपालिका वडा नं १ पौँदी अमराईमा स्टेशन रहेको रेडियो १ सय वाट क्षमताको ९३.६ मेगाहर्जको रेडियो प्रशारण भईरहेको छ । रेडियोले  समाचारमुलक तथा सन्देशमुलक सुचना र सञ्चारको क्षेत्रमा सत्य र तथ्यमा आधारित भएर गत आइतबारबाटै नियमति प्रशारण आरम्भ गरेको स्टेशन म्यानेजर माधव खरेलले बताउनुभयो ।

    कार्यक्रम सामुदायिक रेडियो छत्रभूमी  रेडियो सञ्चालक समितिका अध्यक्ष पूर्ण बहादुर हितानको अध्यक्षता  तथा शेयर सदस्य प्रकाश श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालनक भने रेडियोका स्टेशन म्यानेजर माधव खरेलले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology