Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको अध्यक्षमा लक्ष्मीदेवी पाण्डे

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको अध्यक्षमा लक्ष्मीदेवी पाण्डे

  • 3.2K
    SHARES

  • गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको अध्यक्षमा लक्ष्मीदेवी पाण्डे

    काठमाडौँ, मङ्सिर २८ ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

     उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट निर्वाचित हुनुभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।

    महाधिवेशनले पाँच जना पदाधिकारी र ३१ जना सदस्य गरी ३६ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । आइतबारदेखि सुरु भएको महाधिवेशन मङ्गलबार सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तेस्रो महाधिवेशका प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद धितालले जानकारी दिनुभयो । 

    महासङ्घले स्थानीय तहका विभिन्न विषयमा प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय, सहजीकरण गर्दै आएको छ । साथै राष्ट्रिय मुद्दाहरूमा स्थानीय तहले गर्नुपर्ने कार्यका बारेमा सबै स्थानीय तहसँग सहकार्य गर्ने गरेको छ । २०४९ सालमा पहिलो पटक गाउँ विकास समिति महासङ्घका रूपमा गठन भएको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology