Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

काभ्रेमा बस दुर्घटना हुँदा मृतकको संख्या १८ पुग्यो

काभ्रेमा बस दुर्घटना हुँदा मृतकको संख्या १८ पुग्यो

  • 1.1K
    SHARES

  • काभ्रेमा बस दुर्घटना हुँदा मृतकको संख्या १८ पुग्यो

    काठमाडौं, मंसिर २८

    काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १८ जना यात्रुको मृत्यु भएको छ। 

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

    हालसम्म १८ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २१ जना घाइते भएका छन्।

    उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको उनले बताइन्।

    घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका थिए।

    घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology