Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्जेन्टिनाका लागि ११ गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ता बने मेसी

अर्जेन्टिनाका लागि ११ गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ता बने मेसी

  • 1.7K
    SHARES

  • अर्जेन्टिनाका लागि ११ गोल गर्दै विश्वकपमा सर्वाधिक गोलकर्ता बने मेसी

    तार,मंसिर २८ ।

    अर्जेन्टिनाका कप्तान लिओनेल मेसी फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन्। मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्।

    मेसीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन्। अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८-८ गोल गरेका छन् ।मेसीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन्।messi alvarez argentina.jpg

    उनले यस विश्वकपमा सर्वाधिक गोलकर्ता सूचिमा फ्रान्सका केलियन एमबाप्पेसँग समान ५ गोल गरेका छन्। यस्तै उनले सर्वाधिक ३ असिस्टसमेत गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology