Logo बिहिवार, आश्विन १ गते २०८३
images

जाजरकोट जीप दुर्घटनाबारे गृहमन्त्री खाणले लिए जानकारी

जाजरकोट जीप दुर्घटनाबारे गृहमन्त्री खाणले लिए जानकारी

  • 1.1K
    SHARES

  • जाजरकोट जीप दुर्घटनाबारे गृहमन्त्री खाणले लिए जानकारी

    काठमाडौं,मंसिर २७ । 

    गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको छेडागाड नगरपालिका ५ खातिजेवामा सोमबार दिउँसो भएको दुर्घटनाबारे जानकारी लिनुभएको छ ।

    गृह प्रशासन, जाजरकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलासंग घटनाबारे जानकारी लिदै मृतकहरूको शव आफन्तहरूसम्म पुर्‍याउन सहजीकरण गरिदिन निर्देशन दिनुभयो । 
    गृहमन्त्री खाणले गृह प्रशासनलाई पहाडी सडकमा पटक-पटक हुने यस्ता दुर्घटना कसरी न्युनिकरण गर्ने भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।

    जिल्लाको सुरक्षा निकायलाई दुर्घटना न्यूनीकरण गर्नेबारेमा ध्यान दिन गृहमन्त्रीले भन्नुभएको छ ।

    दुर्घटनामा जिपमा रहेका गाडी चालकसहितका १२ जनाको निधन भएको डिएसपी निरौलाले जानकारी दिनुभयो । ९ जनाको घटनास्थलमै र तीन जनाको उपचारका लागि लैजादै गर्दा र अस्पतालमा निधन भएको निरौलाले बताउनुभयो । 
    सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology