Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘सबैखाले हिंसा न्युनिकरणका लागि हातेमालो गरेर अभियान चलाऔँ’

‘सबैखाले हिंसा न्युनिकरणका लागि हातेमालो गरेर अभियान चलाऔँ’

  • 1.9K
    SHARES

  • ‘सबैखाले हिंसा न्युनिकरणका लागि हातेमालो गरेर अभियान चलाऔँ’

    बुटवल,मङसिर २६ ।

    सबैखाले हिंसा न्युनिकरणका लागि सरोकारवालाले हातेमालो गरेर अभियान चलाउनुपर्ने बताएका छन् । आशा फाउन्डेसनले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले सबैखाले हिंसाको अन्त्य हुनुपर्ने धारणा राखे ।

    सो अबसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले हिंसा न्युनिकरणमा गरिएका कार्यक्रमको रिजल्ट देखिनुपर्ने बताए । उनले कार्यक्रम गरेर मात्रै नहुने भन्दै ब्यबहारमा त्यसको सकारात्मक प्रभाब पर्नेगरि कार्यक्रम र योजना बनाउनुपर्ने बताए । उनले उपमहानगरले नीति नै बनाएर बुटवलमा हिंसा अन्त्यको पहल गरेको बताए । 

    कार्यक्रममा आशा फाउन्डेसनका फोकल पर्सन मोहन पाण्डे,अधिवक्ता हेमा न्यौपाने,लुम्बिनी प्रादेशीक अस्पतालकी एकद्वार संकट ब्यबस्थापन केन्द्र (ओसिएमसी) का फोकल पर्सन कान्ति पाण्डे,दीप्ती थापा,बुटवल उपमहानगर स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे,अस्पतालका एचआइभि फोकल पर्सन भीम ज्ञवाली,अर्जुन ज्ञवाली, पत्रकार तथा मानव अधिकार तथा शान्ति समाजका उपसभापति कपिल ज्ञवाली,प्रहरी निरिक्षक प्रकाश खत्री,धर्मराज भट्टराइ लगायतले बोल्दै ओसिएमसीका कामलाइ अझै प्रभावकारी बनाउनुपर्ने र लाभग्राहीको संख्या बढाउनुपर्ने बताए । 

    लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा २०७४ बैसाख २४ देखि शुरु भएको एकद्वार संकट ब्यबस्थापन केन्द्र (ओसिएमसी)मा पछिल्लो चार महिनामा १२३ जनालाइ बिभिन्न हिंसामा परेका र उनीहरुलाइ कानुनी उपचार,परामर्श,पुर्नस्थापना,सेभ होम,स्वास्थ्य परामर्श,आश्रय दिइएको जानकारी दिइएको छ ।IMG20221212140125.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology