बुटवल,मङसिर २६ ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापती कृष्ण पहाडीले नेपालमा लोकतन्त्र-गणतन्त्र खतरामा रहेको बताउनुभएको छ । परिबर्तित ब्यबस्थामा अैजेरू पलाएको भन्दै ठूला दलहरुका नेताहरुले यस्ता गलत प्रबृत्तिकै संरक्षण गर्न गरेको बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाजको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ अर्पण कार्यक्रमलाइ आइतबार बुटवलमा सम्बोधन गर्दै पहाडीले भन्नुभयो -‘ युवापुस्ताकोे चाहाना अनुसार दलहरु अघि बढ्नु पर्छ,अहिले सबैभन्दा बढि लोकतन्त्र खतरामा छ भने सत्तामा टासिंएका ब्याक्तिबादी नेताहरुबाट नै छ । ’
अझै पनि नेपालका राजनीतिक दलहरु कर्मकाण्डी बनेको उहाँको भनाइ छ । समाज रुपान्तण हुन नसकेको बताउँदै समाजमा रहेको जातीय भेदभाव, हिंसा अन्त्य नहुँदासम्म लोकतन्त्र समुन्नत हुन नसक्ने बताउनुभयो ।
उहाँले शान्ति समाजले सम्मान गरेको व्यक्ति पिँधमा पारिएको समुदायबाट भएको उल्लेख गर्दै समाज रुपान्तरण हुन नसकेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)