बुटवल,मंसिर २५ ।
हेल्पर केयरिङ सर्कलको आयोजनामा शनिवार स्वास्थ्थ शिविर सम्पन्न भएको छ । शिविरमा नाक, कान, घाँटी, दाँत, सुगर सम्बन्धी रोगका विरामीहरुले स्वास्थ्थ उपचार गराएका थिए ।
स्वास्थ्य आम मानिसको महत्वपूर्ण पाटो भएको भन्दै शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष विश्वास घिमिरेले बताए । उनले क्लवले सधै सामाजकि काम गर्दे आईरहेको भन्दै स्वास्थ्थलाई पनि सामाजिक कार्यका रुप हेरेको बताए । ।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मनोरोग विशेषज्ञ ड।ा निकोलश भुसालले अब हरेक क्षेत्रमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समाजलाई सही दिशा तर्फ लैजान सामाजिक कार्यमा अग्रसर हुनपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका सल्लाकार गणेश पौडेल, सचिव सरिता टन्डन लगायतले बोलेका थिए ।
स्वास्थ्य शिविरमा डा.निकोलस भुसाल, डा. दीपेन्द्र पोखरेल, डा. रिसव सुवेदी, डा.प्रेमनारायण तिवारीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बुटवल उपमहानगरपालिका १, २ र ११ का १५० जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविर युथफर नेशनको सहयोगमा सञ्चालन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)