Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

होराइजन जिबिएसमा डान्स आइकन र ट्यालेन्ट हन्ट सम्पन्न

होराइजन जिबिएसमा डान्स आइकन र ट्यालेन्ट हन्ट सम्पन्न

  • 1.1K
    SHARES

  • होराइजन जिबिएसमा डान्स आइकन र ट्यालेन्ट हन्ट सम्पन्न

    बुटवल,मंसिर २५ ।  

    होराइजन जिबिएस स्कुल ड्राइभरटोलमा डान्स आइकन र ट्यालेन्ट हन्ट सम्पन्न भएको छ । विभिन्न दुई चरणमा प्रतियोगिता गरिएको थियो ।

    पहिलो चरणमा कक्षा नर्सरीदेखि कक्षा तिनसम्मका विद्यार्थीहरूबिच किड्स ट्यालेन्ट हन्ट प्रतियोगिता गरिएको छ भने दोस्रो चरणमा कक्षा चारदेखि कक्षा नौसम्मका विद्यार्थीहरूबिच डान्स आइकन प्रतियोगिता भएको हो । कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको ट्यालेन्ट हन्टमा विद्यार्थीहरूबिच भएको प्रतियोगितामा कक्षा दुईबाट ब्लु सेक्सनका आस्थिका थापा प्रथम भएकी छन् ।

    त्यस्तै कक्षा ३ बाट एल्लो सेक्सनका सोनिया खरेल द्वितीय र कक्षा एकबाट ब्लु सेक्सनकै कञ्चन पचभैयाको समुहबाट कञ्चन पचभैया,आएसा केसी, इभा पोखरेल ,आयुसा पाठक र काभ्या बस्याल तृतीय भएका छन् ।

    त्यसैगरी कक्षा चारदेखि कक्षा नौँसम्मको डान्स आइकन प्रतियोगितामा कक्षा छबाट एल्लो सेक्सनका रिजन खरेल प्रथम भएका छन् । त्यस्तै कक्षा आठबाट ग्रिन सेक्सनका नेहा कडेल द्वितीय र कक्षा पाँचबाट ग्रिन सेक्सनकै सुरभी खड्का तृतीय भएको विद्यालयले जनाएको छ ।

    विद्यार्थीमा भएको कला तथा प्रतिभालाई पहिचान गरी उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले गायन , नृत्यलगायतका आफ्ना विभिन्न प्रतिभा प्रस्तुत गरेका गरेको अतिरिक्त क्रियाकलाप संयोजक जीवन मल्लले जानकारी दिए ।
    कार्यक्रमको सञ्चालन संगीत शिक्षक सुशील आचार्य र टेक बहादुर महतले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology