Logo बुधवार, श्रावण १३ गते २०८३
images

धौलागिरी बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुन: खनाल चयन

धौलागिरी बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुन: खनाल चयन

  • 1.8K
    SHARES

  • धौलागिरी बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुन: खनाल चयन

    बुटवल, मंसिर २४ ।  

    धौलागिरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बुटवलको ११ औं अधिवेशनबाट पुन: गोविन्द खनालको अध्यक्षतामा नेतृत्व चयन भएको छ ।

    शनिबार बुटवलमा सम्पन्न भएको अधिवेशनबाट खनालको नेतृत्वमा १३ सदस्यीय नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा देव खनाल, सदस्यहरुमा ऋषिराम भट्टराई, गुरुप्रसाद पराजुली, राजेन्द्र न्यौपाने, ठाकुर घिमिरे, राजकुमार वाग्ले, रमादेवी पाण्डे, मञ्जु भण्डारी, मनकुमारी शाही, कृष्ण प्रसाद पाण्डे, डिबि बस्याल र शान्ती सिंह मल्ल निर्वाचन भएको निर्वाचन अधिकृत फणिन्द्र शर्मा वाग्लेले जानकारी दिए । विधान बमोजिम निर्वाचित समिति सचिव र कोषाध्यक्ष मनोनित गर्ने निर्वाचन अधिकृत शर्माले बताए ।  

    त्यसैगरि लेखा समिति संयोजकमा मनोज आचार्य, सदस्यमा यमलाल भुसाल र विमला पन्थी निर्वाचित भएका छन । त्यसैगरि शिक्षा समितिको संयोजकमा मनकुमारी शाही, सदस्यमा शान्ता ज्ञवाली र गोकुल खनाल, ऋण समितिको संयोजकमा राजेन्द्र न्यौपाने, सदस्यहरुमा सुरेन्द्र चौधरी र अर्पणा श्रेष्ठ मनोनित भएका छन । team.jpg

    केही सहकारीकै कारण देशभरका सहकारी बदनाम भए  :

    सहकारी संस्थाको मर्म विपरित काम गर्ने थोरै सहकारीकै कारण समग्र देशभरका सहकारी बदनाम हुनुपरेको सरोकारवालाहरुले दुःखेसो गरेका छन् । धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनमा बोल्ने वक्ताहरुले सही विश्लेषण र निर्णय गरेर अभिब्यक्ति बाहिर आउनुपर्ने बताए ।

    कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संस्थाका संरक्षक रामकृष्ण खाणले उदघाटन गर्दै शेयर सदस्यहरुको आर्थिक र नेतृत्व विकासमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीबाट नेपालको गरिबी न्युनीकरण गर्न सकिने उनले दाबी गरे । महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी रोजगार र सिपमुलक तालिमहरु दिनुपर्ने उनले बताए । शेयर सदस्यहरुको आवश्यकता र माग अनुसारको तालिमहरु चलाउन सके यसबाट सकारात्मक फाईदा मिल्ने उनको भनाई छ । बैकलाई जिम्दार र सहकारीलाई सहकार्यको काम गर्ने रुपमा तुलना गर्दै सहकारीबाट देशको आर्थिक समृद्धि सम्भव भएको उनले दाबी गरे । देशमा ३० हजार बढी सहकारी संस्था र ६४ लाख सहकारी सदस्यहरु रहेको उनले बताए ।

    कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले वित्तीय संस्थाहरुमध्ये सहकारीको आफ्नै संचालन विधि र नीति रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द खनालले शेयर सदस्यहरुको स–साना बचतबाट उत्पादनमूलक क्षेत्रमा लगाउन र आर्थिक उपार्जन गर्ने रुपमा सफलता मिलेको बताए ।

    कुनै पनि संस्थाको अधिवेशन र साधारण सुझाव लिने, संस्थालाई मार्ग निर्देशन गर्ने रुपमा रहेको बताए । सहकारीमा आवद्ध हुनुभन्दा पहिले नै त्यस संस्थाका बारेमा राम्रो ज्ञान लिनुपर्ने उनले सुझाव दिए । शेयर सदस्यहरुलाई सहकारीको मर्म बुझाउने कार्यक्रमहरु ल्याउनुपर्ने उनले बताए । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यसवर्षदेखि लुम्बिनी प्रदेशभरि नै सेवा विस्तार गर्ने गरी योजना ल्याएको उनले बताए ।

    देशमा आर्थिक संकटको समस्या देखिएको भन्दै यस्तो परिस्थितिमा पनि मुनाफा बाँड्न संस्था सफल हुनु सकारात्मक पाटो भएको उनले बताए । रुपन्देहीका ग्रामीण क्षेत्रमा सेवा केन्द्रमार्फत सहकारीको लक्ष्य अनुसार काम गर्दै आएको सैनामैना सेवा केन्द्रका अध्यक्ष गुरुप्रसाद पराजुलीले बताए । ग्रामीण क्षेत्रमा सेवा केन्द्र संचालन गरेर कृषिमार्फत आर्थिक समृद्धिको नमुना काम अघि बढाएको उनले बताए ।

    कार्यक्रममा संस्थाका सल्लाहकार टंकप्रसाद पराजुलीले शेयर सदस्यहरुको हितमा अग्रसर रहेर स्वरोजगार, आयआर्जनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सहकारी ऐन, नियम र नियमावलीअनुसार चलेको संस्था हुँदा चुनौतीहरु पार गर्दै शिखरमा पुग्न सफल भएको बताए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्व महासचिव हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, संस्थाका उपाध्यक्ष नारायण अधिकारी, सचिव देवप्रसाद खनाल, पुर्व उपाध्यक्ष लक्ष्मण अर्याल, नारी बचत तथा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा गुरुङ, संस्थाका सल्लाहकार हरि प्रसाद पन्थ, युवराज गिरिलगायतले चुनौतिको सामना गर्दै अगाडि बढ्नुपर्ने बताए । संस्था चल्न नीति र विधि आवश्यक पर्ने भन्दै सही नेतृत्वबाट मात्र संस्था अघि बढ्ने बताए ।

    यसैबीच जेष्ठ नागरिक, उत्कृष्ट अंक ल्याएर उत्तीर्ण सहकारी शेयर सदस्य तथा सदस्यका छोराछोरीहरुलाई नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो । सहकारीमा हाल १ हजार ४ सय शेयर सदस्यहरु छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology