Logo मंगलवार, श्रावण १२ गते २०८३
images

७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसमा बुटवलमा शान्ति समाजद्वारा प्लेकार्ड प्रदर्शन

७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसमा बुटवलमा शान्ति समाजद्वारा प्लेकार्ड प्रदर्शन

  • 1.9K
    SHARES

  • ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसमा बुटवलमा शान्ति समाजद्वारा प्लेकार्ड प्रदर्शन

    बुटवल, मंसिर २४ ।

    ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुटवलमा प्लेकार्ड प्रदर्शन गरिएको छ। मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले महिला अधिकार मानव अधिकार भन्ने मूल नारासहित १० डिसेम्बर मानव अधिकार दिवसमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेको हो।

    प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?, नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?, प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरुद्वारा प्रत्यक्षतर्फ महिला उम्मेद्वार न्युन किन ?, मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व न्युन किन ?, कुटनीतिक नियुक्तिमा महिलाको प्रतिनिधित्व न्युन किन ?, महिलाहरुलाई होच्याउने रअपमान गर्नेहरुलाई उन्मुक्ति किन ?, महिला विरुद्ध अझै पनि भेदभाव किन ?, महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?, बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ? जस्ता नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महिला अधिकार मानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ, भन्ने नारासहित बुटवल पुष्पलाल पार्कमा आधा घण्टा प्लेकार्ड प्रदर्शन गरिएको समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णले बताए। महिला हिंसा बिरुद्धको १६ दिने अभियानलाई समेत सम्बोधन गर्ने गरि यो वर्ष कार्यक्रम गरिएको उनले बताए।

    samaj.jpg

    कार्य्रकममा समाजका केन्द्रीय सभापति गोबिन्द खनालले संसारबाट सबैखाले हिंसा अन्त्य हुनुपर्ने बताए । उनले सन् १९४८ डिसेम्बर १० मा मा युएनले गरेको मानव अधिकार सम्बन्धि घाेषणापत्र लाइ कार्यान्वयन गर्नुपर्ने बताए ।

    साे अबसरमा केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार, समाजका रुपन्देही सचिव कृष्ण पाण्डेले महिला अधिकारलाइ सबैले प्राथमिकता दिनुपर्ने धारणा राखे । यसैगरि समाजले स्थापना गरेको १ लाख १० हजार रुपैया राशिको कर्मयोगी बद्रि पहाडी समाजसेवा पुरस्कार २०७८ आईतबार बुटवलमा वितरण गरिने भएको छ।

    यसैगरी अधिकारकर्मी बिनोद पहाडीलाई समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीको उपस्थितिमा पुरस्कार वितरण गरिने समाजका जिल्ला उपसभापति कपिल ज्ञवालीले बताए। भाेलि दिउसाे १ बजे बुटवलमा रहेको पत्रकार महासंघ रुपन्देहीको हलमा कार्यक्रम हुनेछ ।santi samaj prgm.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology