Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तरविद्यालय क्रिकेट : फाइनलमा लुम्बिनी र शान्ति नमूना भिड्ने

अन्तरविद्यालय क्रिकेट : फाइनलमा लुम्बिनी र शान्ति नमूना भिड्ने

  • 1.5K
    SHARES

  • अन्तरविद्यालय क्रिकेट : फाइनलमा लुम्बिनी र शान्ति नमूना भिड्ने

    भैरहवा,मङ्सिर २३ ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि, मणिग्राम फाइनल प्रवेश गरेका छन् । 

    शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साइग्लोबल स्कूल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । लुम्बिनी र शान्ति नमूनाबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको झिनो योगफल बनाएको थियो । उसका लागि सन्दीप लोधले १५ र विन्दराम यादवले १२ रन बनाए । बलिङमा काशीका आदित्य शर्माले ५ तथा शौगात लिम्बुले २ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको काशी १४.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो र हार ब्यहोर्यो । उसका लागि प्रथम कँडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनीका अब्दुल हविवले ४ तथा अब्दुल नदिम शेषले २ विकेट लिए । लुम्बिनीका अब्दुल हविव म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

    शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय ३४ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले ४५, नविन भण्डारीले २३ र सन्देश भण्डारीले १४ रन जोडे । बलिङमा साइग्लोबलका ओशामा शेष र श्यामु पासवानले समान २–२ विकेट लिए ।

    प्रतिउत्तरमा साइग्लोबल १०.१ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमै सीमित रह्यो । उसका लागि अजिम खाँनले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले ३ तथा रोशन बश्याल र रुविन पराजुलीले समान २–२ विकेट लिए ।

    शान्ति नमूनाका स्वस्तिक पराजुली म्यान अफ द म्याच भई पँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology