बुटवल,मंसिर २३ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकार गठनको लागि कुनै प्रयास नगर्ने बताउनु भएको छ । शुक्रबार बुटवल कालिका क्याम्पसको कार्यक्रममा उपस्थिती भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पौडेलले प्रतिनिधिसभामा एमालेसँग बहुमत पनि नभएको र दोश्रो पार्टी बनेकाले सरकार गठनको लागि कुनै कसरत नगर्ने बताउनु भयो ।
सरकार गठनको लागि कुनै दलहरुसँग छलफल पनि नगरेको र आवश्यका पनि नभएको उहाँले दाबी गर्दै एमालेले ससक्त प्रतिपक्षको भूमिकामा रहने बताउनु भयो ।
रुपन्देही २ बाट नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका पौडेललाई एमाले र माओबादी बिच सरकार गठनको लागि कुराकानी भएको छ भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले सरकार गठनको लागि एमालेले कुनै अदृश्य प्रयाश समेत नगरेको स्पष्ट पार्नुभयो ।
भखैर्रै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको नतिजाको पार्टीले समिक्षा गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । बुटवल कालिका क्याम्पसको ९ औं वार्षिकउत्सवको अवसरमा क्याम्पसको भवन उदघाटनको लागि एमाले उपाध्यक्ष पौडेल रुपन्देही आउनु भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)