Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समानुपातिकतर्फ एमालेलाई लोकप्रिय मत,ओलीले दिए धन्यवाद

समानुपातिकतर्फ एमालेलाई लोकप्रिय मत,ओलीले दिए धन्यवाद

  • 1.5K
    SHARES

  • समानुपातिकतर्फ एमालेलाई लोकप्रिय मत,ओलीले दिए धन्यवाद

    काठमाडौं, मंसिर २३ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा धन्यवाद दिएका छन्।नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ।

    मंसिर ४ मा भएको चुनावमा एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ।

    समानुपातिकमा दोस्रो धेरै मत ल्याएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मतमात्रै ल्याएको थियो। कांग्रेसभन्दा धेरै मत ल्याएको एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ।

    एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो। प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ। प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ। एमालेका ७८ जना सांसद छन्।

    अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकोमा मतदातालाई धन्यवाद दिएका हुन्। २०७४ सालमा वामगठबन्धन गरेर चुनावमा गएको एमालेले अहिलेको तुलनामा धेरै सिट जितेको थियो। त्यसबेला एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधि सभामा १२१ सिट जितेको थियो। एमालेले केही क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको थियो।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology