Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिका क्याम्पसको खेलकुद सप्ताह सकियो,भोलि भवन उद्घाटन

कालिका क्याम्पसको खेलकुद सप्ताह सकियो,भोलि भवन उद्घाटन

  • 1.6K
    SHARES

  • कालिका क्याम्पसको खेलकुद सप्ताह सकियो,भोलि भवन उद्घाटन

    बुटवल,मंसिर २२ ।

    कालिका क्याम्पसको ९ औँ वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह २०७९ तथा विविध कार्यक्रम गरि मनाएको छ ।

    मंसिर १८ गते शुरु भएको प्रतियोगिता अन्तरगत एथलेटिक्स, बुद्धिचाल, कुर्सी दौड, क्विज प्रतियोगिता, भलिबल, कपर्दी, डोरी तान्ने, नृत्य प्रतियोगिता सहित सामाजिक कार्य अन्तरगत निशुल्क दन्त शिविर, छाला रोग परिक्षण तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको क्याम्पसका प्राचार्य घनश्याम पाठकले बताउनुभयो ।

    अतिरिक्त क्रियाकलाप अन्तरगत कलेज परिसरमा एथलेटिक्सको १ सय मिटर दौड छात्रतर्फ सुभम दिसामगर प्रथम, दिलिप राना द्घितिय, बबिन लामटाङे तृतिय भएका छन । यसैगरि छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्घितिय, ईन्द्रा बिक र सिल्पा पाण्डे तृतिय भएका छन । यसैगरि ४ सय मिटर दौडमा छात्रतर्फ तुल बहादुर झेडी प्रथम, सुदिप थापा द्घितिय, मन्जिल साहनी क्षेत्री तृतिय भएका छन ।

    छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्घितिय, पवित्रा भुवल तृतिय भएका छन । यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत स्वस्थ्य शिविर समेत गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशम शर्माले बताए । मल्टीस्टार डाईग्लोष्टिक ल्याब्रोटोरिज प्रालिको प्राविधिक सहयोगमा १ सय ५० जनाको सुगर, प्रेशर, कोलस्टोर परिक्षण भएको छ । जसमा ल्याबका आस्था पौडेल (ल्याव असिस्टेन्ट), प्रकाश कंवर मगर (ल्याव टेक्निसियन) ले सहयोग गरेका थिए । नेपाल स्किन क्लिनिक हस्पिटल लाईनको प्राविधिक सहयोगमा १ सय १५ जनाको छाला जाच गरिएको थियो ।

    जसमा छालारोग विशेषज्ञ डा. मनोज सापकोटाले सहयोग गरेका थिए । लायन्स आखा अस्पताल, बुटवलको प्राविधिक सहयोगमा १ सय ५० को आखा जँच गरिएको छ । कार्यक्रममा प्राविधिकहरु विनोद प्रसाद चौधरी र प्रियांशी गुप्ताले सहयोग गरेका थिए । सिटि हब डेन्टलको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको छ ।kalika.jpg

    शिविरमा १ सय २५ जना ले जाच गराएका थिए । जसमा डा. मुकेश सापकोटा (डेन्टल सर्जन), डा. भावना मुल्मि (डेन्टल सर्जन), बिष्णु राना (एसिस्टेन्ट), जुनु माजि ( एसिस्टेन्ट) ले सहयोग गरेका थिए ।

    स्टुडेन्ट क्वालिटी सर्कल, बुटवल कालिका क्याम्पसको आयोजना तथा क्त संचार इकाई, भैरहवाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ । जसमा प्राविधिक हरि सापकोटा, ममता थारु, दिप कुमार चौधरीले सहयोग गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology