Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

योमरी पुन्ही : रुपन्देहीमा विभिन्न कार्यक्रम सम्पन्न

योमरी पुन्ही : रुपन्देहीमा विभिन्न कार्यक्रम सम्पन्न

  • 1.2K
    SHARES

  • योमरी पुन्ही : रुपन्देहीमा विभिन्न कार्यक्रम सम्पन्न

    बुटवल,मंसिर २२ ।

    योमरी पुन्हीको  अवसर पारेर रुपन्देहीमा क्रियाशिल संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो संस्कृति बुझाउने उद्देश्यका भिमसेन नेवाः समाजले तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा मंसिर २१ र २२ गते दुई दिन नेवारी खाजा महोत्सव गरेको छ ।

    यसैगरी ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व’ भन्ने नाराका साथ तिलोत्तमा नेवा मयजु खलद्वारा गोलपार्कमा यः मरी पुन्ही कार्यक्रम गरेको छ । चोकमा स्टल प्रदर्शन गरेर योमरीको बारे प्रचारप्रसार गरिएको मयजुका अध्यक्ष मिलन श्रेष्ठले बताईन् ।रुपन्देहीकै पूरानो नेवाः पुच नेवा समाज विकास परिषदले योमरी पुन्ही विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाको भवनमा विहीबार योमरी पुन्ही शुभकामना तथा प्रदेश सभा सदस्यमा विजयी भोजप्रसाद श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नेवारी समुदायमा रहेका संस्कार, संस्कृतिहरुको संरक्षण गर्न संस्थागत लाग्नुपर्ने बताए ।

    ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको विभिन्न पर्व र रितितिथिहरुलाई सबै समुदायलाई नै उपयोगी समेत रहेको उनले दाबी गरे । लुम्बिनी प्रदेशका जनताबाट पाएको जनमतलाई सही ढंगबाट कार्यान्वयनको पाटोमा लाग्ने प्रतिपद्घता जनाए । वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठले नेवार समुदायमा योमरी पुर्णिमाको विशेष महत्व रहेको भन्दै नया अन्नबाली भित्र्याउने पर्वका रुपमा रहेको बताए ।

    yomari punyi.jpg

    भकारीमा अंन्नबालीसंगै भगवानका रुपमा योमरी पुन्य मनाउने गरिएको उनले बताए ।कार्यक्रममा पुचका अध्यक्ष काजीमान श्रेष्ठले नेवारीले काठमाडौ बाहिर नेवारी परम्परा, संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए । योमरी पुन्ही पर्वलाई भेटघाट र छलफल गर्ने गरी सामाजिक विकास गर्ने काममा सहयोगी हुने गरी लागेको उनले बताए । नेवार समुदायको मात्र नभई यो सबैको साझा पर्व भएको भन्दै किसानहरुको खुशियाली मनाउने रुपमा भएको उनले बताए । चौथो वर्षमा लगातार कार्यक्रम गरिएको उनले बताए ।

    १२ वटा प्रतिनिधिमुलक संस्थाहरु रुपन्देहीमा रहेको उनले बताए। जनप्रतिनिधिहरुले आफनो मुद्दालाई विशेष प्राथमिकता दिन उनले आग्रह गरे।

    प्रदेश सरकारले नेवारका विशेष पर्वमा जाईजात्रामा सार्वजनिक विदाको ब्यवस्थापन गर्न यसअघि सरकारमा पटकपटक पहल गरेको र अब नया सरकारबाट घोषणा गर्न सुझाव दिए ।कार्यक्रममा सल्लाहकार लवकुश श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, चिरञ्जीवी जोशी, सचिव लक्ष्मि श्रेष्ठले कला, धर्म, संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology