बुटवल ।
रुपन्देहीका संचारकर्मी सुदिप गौतमको एकल मार्मिक गीत ‘भैगो रुदिन’ बजारमा आएको छ । लोकप्रिय लोक गायीका शर्मिला गुरुङको आवाजमा गीत बजारमा आएको हो।
उक्त गीतमा संचारकर्मी गौतमले शब्द रचना गरेका छन भने संगीत धर्मराज पौडेलले गरेका हुन् । गीतमा महेन्द्र भण्डारीको एरेन्ज रहेको छ । नारीको कथा व्यथामा आधारित रहेर गीत तयार गरिएको संचारकर्मी गौतम बताउछन ।
उक्त गीतमा सन्तोष शर्मा परि शर्मा, कल्पना कार्की, सगुन शर्मा रमेश भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन। छायाकन सम्पादन र निर्देशन बिष्णु भट्टराईले गरेका हुन् ।
उक्त गीत सर्जक सुदिप गौतमको आफ्नै युट्युब च्यानल उपहार इन्टरटेन्मेन्टबाट रिलिज गरिएको छ। गीतले दर्शक श्रोताको माया पाउने बिश्वास लिएका छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)