काठमाडौँ,मंसिर २० ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ । मंगलबार दिउँसो ३:१५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत प्राप्त गरेका छन् ।
साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३, जनमत पार्टीले तीन लाख ९४ हजार ६५५, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)