Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपथ्य लाइभ कन्सर्टमा दर्शकको घुईँचाे

नेपथ्य लाइभ कन्सर्टमा दर्शकको घुईँचाे

  • 1.4K
    SHARES

  • नेपथ्य लाइभ कन्सर्टमा दर्शकको घुईँचाे

    बुटवल,मंसिर २० ।

    वीरगञ्जमा मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टमा दर्शकको घुईँचाे लागेको छ । मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि वीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन् । 

    यहाँको आदर्शनगन रंगशालामा झण्डै पाँच हजार संगीत पारखीले कन्सर्टको मजा लिएको अनुमान छ । कुनै कन्सर्टमा यती धेरै मानिसको सहभागिता वीरगञ्जको इतिहासमै पहिलो भएको उक्त कन्सर्टका संयोजक गणेश लाठले बताए । उनका अनुसार यो उपस्थिति मानवता प्रवर्द्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदर हो । 

    वीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरुको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एबं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ वीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोकरपप गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । 

    अब २२ गते हेटौडा र २५ गते चितवनमा र त्यसपछि २९ गते नेपालगञ्ज रङ्गशालामा हुनेछ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्चमा, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर मैदानमा, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology