Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

  • 1.0K
    SHARES

  • ललितपुरस्थित ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

    काठमाडौं,मंसिर १९ ।

    ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिए ।

    अन्तर्राष्ट्रिय  मापदण्डअनुसार  यस  फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एमरएस आशिष–समानान्तर  जेभीले  ठेक्का  पाएको  छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन ९डीपीआर० जियोकमरबीडीएररेज संयुक्तले तयार गरेको हो ।

    २०७८ फागुन १९ मा फ्लाइओभरका डिजाइन सुरु भएको थियो । महानिर्देशक थापाले चक्रपथको  विस्तारित  खण्ड  कोटेश्वरदेखि  कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदै सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको बताए ।

    उनले अगाडि भने “सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ, निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् ।” फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ ।

    सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ । गोरखापत्र दैनिकबाट ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology