Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्वकप फुटबल : इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

विश्वकप फुटबल : इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

  • 2.0K
    SHARES

  • विश्वकप फुटबल :  इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

    बुटवल,मंसिर १९ ।

    इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

    अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २-० को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को जित दिलाए ।   अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology