Logo बिहिवार, आश्विन १ गते २०८३
images

सबैको सहयोगले चुनाव जितेँ कसैप्रति पूर्वाग्रह राख्दिन : सन्तोष कुमार पाण्डेय

सबैको सहयोगले चुनाव जितेँ कसैप्रति पूर्वाग्रह राख्दिन : सन्तोष कुमार पाण्डेय

  • 2.8K
    SHARES

  • सबैको सहयोगले  चुनाव जितेँ कसैप्रति पूर्वाग्रह राख्दिन : सन्तोष कुमार पाण्डेय

    भैरहवा,मंसिर १८ ।

    रुपन्देही क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले जनताबाट आफूले दोस्रोपटक अवसर पाएकाले जिम्मेवारी बढेको बताएका छन् । उनले विगतमा गरेको कामको मुल्यांकन गर्दै मतदाताले अघिल्लो निर्वाचन भन्दा बढी मतले जिताएको बताए ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरमा आयोजित भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पाण्डेयले यस क्षेत्रको सडक, विद्युत लगायतको क्षेत्रमा देखिएको समस्या समाधान गर्न आफू लागिपर्ने बताए । उनले सबैको सहयोगले नै आफू निर्वाचित भएकाले कसैप्रति पूर्वाग्रह नराख्ने बताए ।

    लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का युवा नेता समेत रहेका नेता पाण्डेयले जनताको आर्शीवादले आफू पुनः मन्त्री बनेर विकासका काम अगाडि बढाउने बताए ।

    उनले भने, ‘निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, निष्पक्ष ढंगले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु । ’ उनले यस क्षेत्रको विकासका लागि नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology