बुटवल,मंसिर १७ ।
बुटवल कालिका क्याम्पस दश बर्षमा प्रवेश गरेको छ । क्याम्पसले नवाैँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने जनाएको छ । क्याम्पसले मंसिर १८देखि २४ गतेसम्म विविध कार्यक्रम गर्नेछ । बिस २०७० सालमा बीबीएस कार्यक्रम सम्बन्धन लिएर क्याम्पस स्थापना भएको थियो ।
शनिबार पत्रकार सम्मेलन गरेर वार्षिकोत्सवको महत्वपूर्ण कार्यक्रम भवन शिलान्यास रहेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए ।
क्याम्पस भवन ६ करोड बजेटमा बनेको र साेही भवन उद्घाटन गरिने पाठकले बताए । यस्तै २४ गते प्रदेशका शिक्षामन्त्री वसिउद्दिन खांको प्रमुख आतिथयतामा वार्षिकोत्सव समापन हुने उनले बताए ।
त्यसअघि १८ गतेदेखि २२ गतेसम्म विभिन्न खेलकुद, निशुल्क आंखा जांच र दन्त परीक्षण शिविर, रक्तदान लगायतका रचनात्मक कार्यक्रमहरु गरिने क्याम्पस प्रमुख पाठकले जानकारी गराए ।
वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए । ३५ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले २ हजार ८३८ जना विद्यार्थी अध्ययनरत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)